‘लकडाउन’को चौथो दिन काभ्रे सुनसान

नौलो समाचार संवाददाता
२०७६ चैत्र १४, शुक्रबार मा प्रकाशित ६२६ पटक पढिएको
‘लकडाउन’को चौथो दिन काभ्रे सुनसान

चैत्र १४, काभ्रे । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’को चौथो दिन पनि काभ्रे सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।

देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण धुलिखेलका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।

लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । उनीहरुले आफ्नो सुरक्षाका लागि मास्क लगाएका छन् । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले कोरोना भाइरसको बारेमा सचेत गराउदै सम्झाई बुझाइ पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस