काभ्रेका स्थानीय तहमा कोरोनानाशक औषधि छरिने

नौलो समाचार संवाददाता
२०७६ चैत्र १५, शनिबार मा प्रकाशित ४१५ पटक पढिएको

काभ्रेका स्थानीय तहमा कोरोनानाशक औषधि छरिने

चैत १५,काभ्रे । काभ्रे जिल्लामा कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र कोरोनानाशक औषधि छर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काभ्रेका १३ वटै स्थानीय तहमा आ–आफ्नो क्षेत्रभित्र अनिवार्य रूपमा क्लोरिन र ब्लिचिङ पाउडरलगायत कीटनाशक औषधि छर्ने पर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

‘हामीले बैठक बसी कीटनाशक औषधि छर्ने जिम्मेवारी स्थानीय तहलाई दिका छौंँ,’ प्रजिअ तिमल्सिनाले भने, ‘छिटै कीटनाशक औषधि छर्कनुपर्ने निर्देशन पनि दिएका छौँ ।’

त्यसरी नै बैठकबाट अत्यावश्यक सामग्रीको उद्योग र पसलहरू सञ्चालनका लागि सहयोग गर्ने पनि निर्णय गरेको तिमल्सिनाले जानकारी दिए ।

जसमा पानी, दूध, ग्यासलगायतका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरी सञ्चालनमा सहयोग गर्ने निर्णय भएको छ । जिल्लामा दैनिक प्रयोग हुने खाद्यवस्तुका पसल सञ्चालन गर्न प्रशासनले सहयोग गर्ने निर्णय पनि भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस