काभ्रेको बनेपामा कोरोना भाइरसको प्रभाव कम गर्न किटनाशक औषधि छरियो

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित १६८४ पटक पढिएको

काभ्रेको बनेपामा कोरोना भाइरसको प्रभाव कम गर्न किटनाशक औषधि छरियो

चैत १७, काभ्रे । काभ्रेको बनेपा नगरपालिकाले कोरोना भाइरसको असर कम गर्न नगरपालिका क्षेत्रका सबै स्थानमा ‘डीसइन्फेक्सन स्प्रे’ शुरु गरेको छ ।

कोरोना भाईरस (कोभीट-१९) को सम्भावित जोखिम न्यूनीकरणको लागि बनेपा नगरपालिकाद्वारा नगर क्षेत्रभित्र डीसइन्फेक्सन छर्किने कार्य प्रारम्भ भएको हो । गरिब र ज्यालादारीमा काम गर्ने परिवारको प्रत्येक वडामा तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने र नगरमा खाद्यान्न अभाव हुन नदिन र कुनै समस्या भएमा फोन गर्न हटलाइनको व्यवस्था गरिएको बनेपा नगर प्रमुख लक्ष्मी नरहसिह बादेले जानकारी दिए।

आजबाट सुरु गरिएको औषधि छर्ने कार्य विशेषगरि मानिस बढी चहलपहल हुने स्थानमा गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस