बनेपामा अत्ति विपन्नलाई परिवारलाई राहत वितरण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित २९३ पटक पढिएको

बनेपामा अत्ति विपन्नलाई परिवारलाई राहत वितरण

चैत्र २१, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २, नालाले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाई राहत बाँडेको छ । वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिए ।

राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको वडा अध्यक्ष घिमिरेले बताए ।  १७ विपन्न्न परिवारलाई राहत बितरण गरिएको उनले बताए ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष घिमिरे, वडा सदस्यहरु गंगाप्रसाद घिमिरे, नवराज घिमिरे, कमला घिमिरे, रुपा मिजार, वडा सचिव रामनाथ कायस्थ, सहायक वडा सचिव नन्दप्रसद घिमिरे लगायतको सहभागीता रहेका थिए ।


प्रतिक्रिया दिनुहोस