राष्ट्र बैंकको गर्भनरमा अधिकारी नियुक्त

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ३८९ पटक पढिएको

राष्ट्र बैंकको गर्भनरमा अधिकारी नियुक्त

चैत्र २४, काठमाडौँ । राष्ट्र बैंकको गर्भरनरमा महा प्रसाद अधिकारी नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

गभर्नर छनौट सिफारिस समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसहित बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम सिफारिश गरेको थियो ।

यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस