बास्कोटाको पहलमा काभ्रेका स्थानीय तहमा स्यानिटाइजर

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ८९५ पटक पढिएको

बास्कोटाको पहलमा काभ्रेका स्थानीय तहमा स्यानिटाइजर

चैत्र २४ ,काभ्रे । पुर्व मन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सदस्य गोकुल बास्कोटाले राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रे मार्फत जिल्लामा रहेका ७ वटा स्थानीय तहमा २/२ कार्टुन स्यानिटाईजर उपलब्ध गराएका छन् ।

स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुका लागि पुर्व मन्त्री बास्कोटाले जिल्लाको मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु, चौरीदेउराली, तेमाल, खानीखोला र बेथान्चोक गाउँपालिकामा प्रति स्थानीय तह २/२ कार्टुन स्यानिटाईजर उपलब्ध गराएको अखिलका केन्द्रिय सदस्य तथा नेकपा जिल्ला सदस्य जेनिस लामाले जानकारी दिए । राष्ट्रिय युवा संघ र अनेरास्ववियुको टोलीले जिल्लाका सातवटै स्थानीय तहमा पुगी जनप्रतिनिधिहरुलाई उक्त स्यानिटाईजर उपलब्ध गराएका छन् ।

अखिल र युवासंघले यस अघि पनि विभिन्न स्थानीय तहका नागरिकहरुलाई राहत उपलब्ध गराएको छ भने सुरक्षाकर्मीहरुको सुरक्षाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।

मण्डनदेउपुर नगरपालिका मा १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो भने भुम्लु गाउपालिका र चौरिदेउराली गाउपालिकामा १२० थान स्यानिट्याइजर प्रदान गरिएको थियो । मण्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइबा, उपप्रमुख निर्मला शाही र कार्यकारी अधिकृत प्रणराज न्यौपाने लगायतलाई हस्तान्तरण गरिएको थियो भने, भुम्लु गाउपालिकामा पालिमा प्रमुख गुमानध्वज कुवँरलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै चौरिदेउराली गाउपालिकामा शालिकराम नेपाललाई १८० थान स्यानिट्याइजर र ५०० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस