पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ३१७ पटक पढिएको
पनौती नगरपालिकामा दोस्रो चरणको राहत वितरण

चैत २६, काभ्रे । काभ्रे जिल्लाका १३ वटा स्थानीय तह मध्ये कोरोना भाइरसका कारण लकडाउन पछि राहत वितरणमा अग्रणी भुमिका निर्वाह गरिरहेको पनौती नगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ ।

नगरपालिकाले आजबाट फुड बैकमा भएको राहत सामग्री सम्बन्धी वडा कार्यालयमा पठाउन सुरु गरेको हो । नगरपालिकाले अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गर्दै आइरहेको छ ।

नगरपालिकाले वडा नम्बर ६, ९, १० र ११ नम्बर बडाका लागि राहत सामग्री पठाएको बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

फूड बैंक ब्यवस्थापन समितिका संयोजक समिति रहनुभएका अधिकारी अनुसार प्रत्येक वडालाई ५० प्याकेटका दरले राहत सामग्री वडालाई पठाइएको हो । यसअघि पालिकाले नगरपालिकाभित्रका १३० घरपरिवारलाई राहत वितरण गरेको थियो । नगरपालिकाले चालम, दाल, नुन, तेल लगायत १७ प्रकारका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस