लकडाउनमा पनौतीका कुकुरलाई मासु, भात र पानी

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ४८१ पटक पढिएको

लकडाउनमा पनौतीका कुकुरलाई मासु, भात र पानी

चैत २७, काभ्रे । पनौती नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका कुकुरलाई पनि खाना खुवाउन सुरु गरेको छ । लकडाउनसँगै होटल, पसल बन्द भएको र छाडा जोडिएका कुकुरले आहारा नपाएको भन्दै नगरपालिकाले खाना खुवाउन सुरु गरेको हो ।

नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले नेपाल एनिमल वेल्फेयर एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा कुकुरलाई खाना खुवाउन थालेको हो । एक/एक दिनको फरकमा छाडा छोडिएका कुकुरहरुलाई खाना खुवाउने गरिएको नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाले पनौती बसपार्क, कुशादेवी, खोपासी, सुन्थान लगायत कुकुरको जमघट हुने ठाउँमा पुगेर खाना खुवाउने गरेको छ । कुकुरलाई मासु, भात र पानी खुवाउने गरेको पशु चिकित्सक सापकोटाले बताए । नगरपालिकाले २ सय ५० वटा कुकुरलाई खाना खुवाईसकेको छ ।

नगरपालिकाले कुकुरको जमघट हुने ठाउँको यसअघि नै अनुगमन गरिसकेको छ । खानासँगै भेटेरेनरी पशु चिकित्सक समेत पठाउने गरेको छ । बिरामी भए उपचार गर्ने ब्यवस्था समेत नगरपालिकाले गरेको छ । पनौती नगरपालिकाले अधिकांश कुकुरहरुको बन्ध्याकरण गरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस