सुरू भयाे काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण

नौलो समाचार संवाददाता
२०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ५२६ पटक पढिएको
सुरू भयाे काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण

चैत ३०, काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले विदेशबाट आएका नागरिकको कोरोना भाइरस परीक्षणका लागि र्यापिड किट सम्बन्धित स्थानीय तहलाई हस्तान्तण गरेको छ । आज (आइतबार) कार्यालयले किट र एन ९५ मास्क हस्तान्तण गरेको हो ।

ल्याब भएका सबै स्थानीय तहलाई किट दिइसकेको र विदेशबाट आएकाको परीक्षण हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । सबैभन्दा बढी पनौती नगरपालिकामा किट पठाइएको छ । पनौती नगरपालिकाले आज नै ५ जनाको परिक्षण गरिसकेको छ । ६१ जनाको परिक्षण गर्नका लागि किट प्राप्त भएको र अबको एक दुई दिनभित्रै परिक्षण सकाइने नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोत्तम तिमिल्सिनाले बताए । पनौती नगरपालिकामा विदेशबाट फर्किनेको संख्या जिल्लामै सबैभन्दा बढी रहेकाे छ ।

यस्तै रोशी गाउँपाकिलाले पनि परिक्षण सुरु गरेको छ । विदेशबाट आएका १७ जनाकै घरमा पुगेर रगत संकलन गरी मंगलटारमा रहेको ल्याबमा परिक्षण सुरु गरिएको पालिकाले जनाएको छ ।

यसैगरी पाँचखाल नगरपालिकाले ४० थान किट पाएको छ । विदेशबाट आएका ३८ जनाको परिक्षण हुने मेयर महेश खरेलले जानकारी दिए ।

यत धुलिखेल नगरपालिकाले धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जनाको कोभिड १९ को परिक्षण परिक्षण सुरु गरेकाे छ । भाेलि(साेमबार) पनि परिक्षण गरिने स्वास्थ्य शाखा संयाेजक सन्दिप केसीले बताए ।

यस्तै, महाभारत र खानीखोला गाउँपालिकाका लागि पनिि २० वटा किट पठाइएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई ३ सय थान किट पठाएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन ३० गतेदेखि यता जिल्लामा २७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् ।


प्रतिक्रिया दिनुहोस