धुलिखेलमा सुत्केरीलाई अण्डा र घिउ, बच्चालाई कपडा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १, सोमबार मा प्रकाशित ३०२ पटक पढिएको
धुलिखेलमा सुत्केरीलाई अण्डा र घिउ, बच्चालाई कपडा

बैशाख १, काभ्रे । कोरोना संक्रमणको रोकथामका लागि गरिएको लकडाउनले सुत्केरी महिलाहरुको स्वास्थ्यमा प्रभाव पर्न सक्ने भन्दै काभ्रे धुलिखेल नगरपालिकाभित्र रहेका ४२ दिनभित्रका सुत्केरी महिलाहरुका लागि उपप्रमुख विमला शर्माद्वरा अण्डा, घिउ र नगरपालिकाको तर्फबाट बच्चाहरुका लागि एक जोर कपडा उपलब्ध गराइएको छ ।

नगरपालिकाभित्र उक्त अवधिभित्रका ३२ जना सुत्केरी महिलाहरु रहेको तथ्यांक स्वास्थ्य शाखाले उपलब्ध गराएपछि नगर उपप्रमुख विमला शर्माले आफ्नै खर्चमा सुत्केरी महिलाहरुका लागि एक क्रेट अण्डा, एक माना घिउ उपलब्ध गराउनु भएको हो ।

‘उहाँहरुकै मतले निर्वाचित भएँ, उहाँहरुका लागि संकटमा केही सहयोग गरौ र शरीरलाई स्फुर्ति बनाउन थोरै सहयोग उपलब्ध गराउने निर्णय गरेको हुँ’, उपप्रमुख शर्माले भन्नुभयो– ‘१२ वटै वडामा रहेका ४२ दिनभित्रका सुत्केरी महिलाहरुका लागि यो सहयोग उपलब्ध हुनेछ ।’

नगरभित्रका १२ वटा वडामा ३२ महिलाहरु सुत्केरी रहेको स्वास्थ्य शाखाका सरोज थापाले बताउनुभयो । महिलाहरुलाई घिउ र अण्डा उपलब्ध गराएसँगै नगरपालिकाको तर्फबाट एक जोर कपडा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

उपप्रमुख विमला शर्माले वडा नम्बर १ देवीटार, वडा नम्बर २ ओपीका सुत्केरी महिलाहरुका लागि आइतबार नै उक्त सामग्री उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस