पैदल हिँडेर गाउँ र छिमेकी जिल्ला तिर जानेलाई काभ्रेमा रोकिने

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ४१६ पटक पढिएको
पैदल हिँडेर गाउँ र छिमेकी जिल्ला तिर जानेलाई काभ्रेमा रोकिने

बैशाख ३, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले पैदल हिँडेर गाउँतिर जानेलाई काभ्रेमै रोकिने घोषणा गरेको छ।

प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै अनावश्‍यक रुपमा हिँडडुल गर्ने व्यक्तिलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल हिँडेर आउनेलाई पूर्ण रुपमा निषेध गर्ने र अत्यावश्‍यक सेवा बाहेकका सवारीलाई पूर्णरुपमा रोक लगाउने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्‍यापी रुपमा फैलिदै गएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशव्‍यापी रुपमा लक डाउन घोषणा गरेको सम्पूर्ण जिल्लाबासीमा विदितैछ। सोही सन्दर्भमा लक डाउनलाइ प्रभावकारी बनाउन आजकै मितिबाट यस जिल्लाभित्र अनावश्‍यक रुपमा हिडडुल गर्ने व्‍यक्तिहरुलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल हिडी यस जिल्लामा प्रवेश गर्नेलाई पूर्ण रुपमा प्रवेश निषेध गर्ने र अत्यावश्‍यक बाहेककका सवारी पास नलिएका सवारी साधन सञ्‍चालनमा पूर्ण रुपमा रोक लगाइएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया दिनुहोस