काभ्रेमा बिदेशबाट आएको २५१ जना कै परीक्षण सकियो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ५, शुक्रबार मा प्रकाशित ५०७ पटक पढिएको
काभ्रेमा बिदेशबाट आएको २५१ जना कै परीक्षण सकियो

बैशाख ५, काभ्रे  । विभिन्न मुलुकबाट स्वदेश आएका २५१ जना कै परीक्षण सकिएको छ । फागुन ३० गते यता विदेशबाट आए २५१ जना कै द्रुत परीक्षण मार्फत कोरोना भाइरस परीक्षण गरिएको थियो ।

विदेशबाट आएका कारण कोरोनाको त्रास बढेको गुनासो बढेपछि गृह मन्त्रालयले स्वास्थ्य कार्यालय मार्फत जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा मार्फत विदेशबाट आएकाको द्रुत परीक्षण गरेको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले विदेशबाट आएका २५१ जना कै परीक्षण सकिएको जानकारी दिए ।

विदेशबाट आएका सबैको परीक्षण सकिएको छ, रिपोर्टमा पनि कसैलाई पनि कोरोना देखिएको छैन । अर्थात रिपोर्ट नेगेटिभ आएको छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत विदेशबाट आएकाको परीक्षण गरिएको थियो । जसमा दुई जनामा पोजेटिभ देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर बिधि मार्फत परीक्षण गर्दा नेगेटिभ आएसँगै २५१ जना मै कोरोना भाइरस नभएको पुष्टी भएको थियो ।

प्रतिक्रिया दिनुहोस