आर्सनलका खेलाडी तथा प्रशिक्षक १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ६५१ पटक पढिएको

आर्सनलका खेलाडी तथा प्रशिक्षक १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत

बैशाख ९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षकले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदै क्लबलाई परेको आर्थिक भारमा सहयोग गर्ने उद्देश्यले खेलाडी तथा प्रशिक्षक मिकेल आर्तेता १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत भएका हुन् ।

उनीहरु वार्षिक पारिश्रमिकमा साढे १२ प्रतिशतको कटौति गर्न स्वतन्त्र रुपमा सहमत भएको जनाइएको छ । क्लबका प्रमुख कोचिङ्ग स्टाफहरुले पनि पारिश्रमिक कटौति गर्न सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस