काभ्रेका १३ स्थानीय तहलाई जिल्ला बचत संघकाे अार्थिक सहयोग

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ५९७ पटक पढिएको
काभ्रेका १३ स्थानीय तहलाई जिल्ला बचत संघकाे अार्थिक सहयोग

बैशाख १४, काभ्रे । काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघले काभ्रेका १३ वटा स्थानीय तहलाई अार्थिक सहयोग गरेकाे छ ।

संघका सहसचिव सुरेन्द्रप्रसाद पौडेलले काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई संघको तर्फवाट प्रदान गर्ने नगद ५० हजार सहयोग गरेका छन् । काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघले काभ्रेका स्थानीय तहलाई आर्थिक सहयोग प्रदान कार्य अन्तर्गत मण्डनदेउपुर नगरपालिकालाई आर्थिक सहयोग गरेका हुन् ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेलाई सहसचिव पौडेलले ५० हजार हस्तान्तरण गरेका हुन् ।

कोरोनाको कहरमा परेको काभ्रेका सबै स्थानीय तहलाई आर्थिक सहयोग गर्दै अत्यावश्यक सेवामा सहयोग पुगोस् भनेर आर्थिक सहयोग प्रदान गरेको पौडेलकाे भनाई छ ।

केही दिन अघि प्रविधीको प्रयोग गरेर बसेको बचत संघको बैठकले काभ्रेका नगरपालिकाहरुलाई ५०/५० हजारको दरले र गाउँपालिकाहरुलाई ४०/४० हजारको दरले सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार काभ्रेको मण्डनदेउपुर लगायत सबै १३ ओटा स्थानीय तहलाई रकम सहयोग भएको हो ।

यस्तै, जिल्लाको पाँचखाल नगरपालिकामा संचालक सदस्य सत्यवती भट्टराइद्वारा उपप्रमुख लक्ष्मी दनुवारलाई सहयोग रकम हस्तान्तरण गरीएका छ । त्यस्तै बनेपा, धुलिखेल, नमोबुद्ध न.पा र रोशी गाउँपालिकामा अध्यक्ष रामहरि केसीले गाउँपालिकामा रकम हस्तान्तरण गरेका हुन् ।

पनौती नपामा प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले पनौतीका मेयर भिम न्यौपानेलाई रकम हस्तान्तरण गरेका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा संचालक सदस्य कृष्ण तिमल्सिना र प्रवन्धक गुरुप्रसाद ढकालले गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरलाई रकम हस्तान्तरण गरेेेका छन् ।

त्यसैगरी चौरी देउरालीको अध्यक्ष दिनानाथ गौतमलाई रकम हस्तान्तरण भएको हो ।

काभ्रेको डाँडापारिको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा संचालक सदस्य उपेन्द्र हुँमागाइले हस्तान्तरण गरेका हुन् । बेथानचोक गाउँपालिकामा पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् भने तेमालमा लेखा समितिको संयोजक जेन लामाले रकम हस्तान्तरण  गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस