आजको राशिफल : वृष उत्कृष्ट, मकर उत्तम

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४९५ पटक पढिएको
आजको राशिफल : वृष उत्कृष्ट, मकर उत्तम

बैशाख १६ गते मंगलबार ।

मेष : दिन उत्कृष्ट रहनेछ । आत्मबल बढ्नेछ । सामाजिक कामको दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । समयलाई भने ख्याल गर्नु पर्ने हुन्छ ।

वृष : दिन उत्तम रहनेछ । खानपानका विशेष परिकरहरु मिल्नेछ । अर्थोपार्जन हुनेछ । बोलीमा प्रभाव बढ्नेछ । शरीर तन्दुरुस्त हुनेछ ।

मिथुन : दिन भाग्योदयकारक रहनेछ । सरकारी सेवाबाट लाभ मिल्ने देखिन्छ । आपसी सम्बन्धमा विश्वास बढ्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

कर्कट : दिन प्रतिकूल हनेछ । खर्चको मात्रा बढ्नेछ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

सिंह : दिन सन्तोषजनक रहनेछ । आयआर्जन बढ्नेछ । थोरै परिश्रमले धेरै उपलब्धि हासिल गर्न सकिनेछ । विद्यामा प्रगति हुनेछ ।

कन्या : दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक उर्जा थपिनेछ ।

तुला : दिन ठिक रहनेछ । धार्मिक क्षेत्रमा आस्था निकै बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । सहयोग पाइनेछ । मनमा सन्तोष मिल्नेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । साथीभाइमा मन मुटाव हुनसक्छ ।

धनु : दिन अत्युत्तम रहनेछ । सन्तान सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । पारवहन सम्बन्धी काम हुनेछ ।

मकर : दिन उत्तम रहनेछ । शरीरमा स्फूर्ति छाउनेछ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आटेको काम बन्नेछ ।

कुम्भ : दिन सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक कार्यतर्फ रुचि बढ्नेछ । अरुबाट सहयोग पाइनेछ । शरीर तन्दुरुस्त हुनेछ ।

मीन : दिन प्रतिकूल खालको रहनेछ । मनमा दुविधाले जरा गाड्न सक्नेछ । हरेक कामप्रति सावधानी अपनाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस