काभ्रेमा लकडाउन थप कडा गरिने, अटेर गरे कारवाहि गर्ने ‘प्रजिअ’ काे चेतावनी

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ५१५ पटक पढिएको
काभ्रेमा लकडाउन थप कडा गरिने, अटेर गरे कारवाहि गर्ने ‘प्रजिअ’ काे चेतावनी

बैशाख १६, काभ्रे । जारी लकडाउनलाई थप प्रभावकारी र कडा बनाउन देशभरका जिल्ला प्रशासनलाई सरकारले निर्देशन दिएपछि काभ्रेमा पनि लकडाउन कडा पारिएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक विज्ञप्ति जारी गरी काेराेेेना भाइरसकाेे जाेेेखिमबाट जोगिन लकडाउनलाई थप कडा गर्ने र पालना नगर्नेलाई कानुन बमाेजिम कार्वाही गरिने चेतावनी दिएका छन् ।

बैशाख २५ गतेसम्म लकडाउनको समय थपिएपछि प्रमुख जिल्ला अधिकारीले पुनः अर्को आदेश जारी गरेका हुन् ।मंगलबार (आज) देखि २५ गते राति १२ बजेसम्मका लागि जारी गरिएको आदेशमा कुनै पनि ब्यक्तिलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

आदेशमा प्रजिअ तिमिल्सिनाले स्वास्थ्य संस्था, औषधि पसल, अस्पतालको सेवा, पेट्रोल पम्प, ग्याँस, खानेपानी, दाल, चामल, तेल, नुन, दूध डेरी र तरकारी बाहेकका अन्य ब्यवसाय पूर्ण रुपमा बन्द गर्न भनिएको छ ।

जिल्लाभित्र मालबाहक सवारी साधन, एम्बुलेन्स र पास लिएका बाहेक अन्य सबै किमिसका सवारी साधनको आवागमन सञ्चालन गर्न पाइने छैन ।

यदि आदेशको पालना नगरेमा संक्रामक रोग ऐन, २०२० को २ को उपदफा २ बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस