आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम

नौलो समाचार संवाददाता
२०७७ बैशाख १७, बुधबार मा प्रकाशित ४९१ पटक पढिएको
आजको राशिफल : सिंह उत्तम, धनु अत्युत्तम

बैशाख १७ गते बुधबार

मेष : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । बौद्धिक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।

वृष : दिन अनुकूल रहनेछ । आयआर्जनको मात्रा बढ्नेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

मिथुन : दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ । उपयुक्त अवसर मिल्नेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा संयम रहनु बेस हुनेछ ।

सिंह : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । बौद्धिक काम हुनेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मनमा सन्तोष मिल्नेछ ।

कन्या :  दिन अनुकूल रहनेछ । आँटेको  काम सफलतापूर्वक सम्पन्न हुनेछ । नयाँ कामप्रति चासो बढ्नेछ । मान सम्मान मिल्नेछ ।

तुला : दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि निकै बढ्नेछ । काम गर्ने अनुकूल वातावरण बन्नेछ । शरीर स्वस्थ रहनेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । कडा परिश्रम गर्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ ।

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजन भेटिनेछन् ।

मकर :  दिन उत्तम रहनेछ । दीर्घकालीन काम बन्नेछ । शत्रु परास्त हुनेछन् । कामप्रति तिव्रता आउनेछ । मावलीतिरबाट सहयोग पाइनेछ ।

कुम्भ :  दिन उचित खालको रहनेछ । निर्णय क्षमताको विकास हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

मीन  : दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण बन्ने देखिदैन । कामप्रति सावधानी चाहिन्छ । मनमा डर उत्पन्न हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस