जिल्लाभित्र चलाउन मिल्‍ने सवारी पास पनि खारेज

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित २८५ पटक पढिएको
जिल्लाभित्र चलाउन मिल्‍ने सवारी पास पनि खारेज

जेठ १, काठमाडौं । जिल्लाभित्र चलाउन मिल्‍ने सवारी पाससमेत खारेज गरिएको छ ।

गृहमन्त्रालयमा अाज (बिहीबार) बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला भित्रका सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज गर्ने निर्णय गरिएको गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक कामका लागि कसैलाई घरबाहिर निस्किनै परेमा स्थानीय प्रहरीको समन्वयमा मात्र निस्किने पाइने भएको छ ।

यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका सवारी पास रद्द गरेको थियो ।

कोरोना संक्रमण बढेसँगै बढेसँगै लकडाउनलाई थप कडा गर्ने सरकारको नीति छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!