यसरी गरिन्छ काेरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि, धुलिखेल अस्पतालको क्वारेन्टाईनमा बसे स्वास्थ्यकर्मी र मृतकका आफन्त

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ४३३ पटक पढिएको

यसरी गरिन्छ काेरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि, धुलिखेल अस्पतालको क्वारेन्टाईनमा बसे स्वास्थ्यकर्मी र मृतकका आफन्त

जेठ ३, काभ्रे । कोरोना संक्रमणको महामारि विश्वभरि फैलिएसँगै नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी “कार्यविधि २०७६” तय गरेको छ । सोही कार्यविधि अनुसार पहिलो मृतक सुत्केरी महिलाको शब धुलिखेल अस्पतालबाट अाज साँझ ७ बजेर ५० मिनेट जाँदा उठाएको छ ।

कार्यविधि अनुसार नै मृतकको शव व्यवस्थापनमा विशेष सावधानी अपनाई शब अस्पतालबाट उठाई पशुपति स्थित इलेक्ट्रोनिक शब दाहगृह लगियो । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई अन्य रोगले मृत्यु भएकाको जस्तो परम्परागत रुपमा परिवारले शब बुझ्ने, दाहसस्कार गर्ने गर्न मिल्दैन ।

संक्रमण नफैलियोस भन्नका लागि मृतकलाई सकेसम्म छिटो भन्दा छिटो अन्त्यष्ठि गनुपर्ने विश्व स्वास्थ्य संगठनले औल्याएको छ । यस्तो अवस्थामा परिवारले अन्तिम संंस्कार गर्न मिल्दैन र सरकारले पनि विश्व स्वास्थ्य संगठनले तोकेको नियम पालना गरि अन्तयष्ठि गर्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनको गाईडलाईनकै आधारमा नेपाल सरकारले तयार पारेको कार्यविधि अनुसार शववाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाएका थिए । मृतकका श्रीमानले एकमिटर टाढैबाट शवलाई नियालेका थिए । अस्पताल आउँदासँगै आए अन्तिम बिदाईमा एकमिटरको दूरी कायम गरे । यदि उनी ६० बर्ष नाघेका व्यक्ति थिए भने एकमिटरको दूरीमा पनि बस्न नियमले मिल्दैन थियो ।

धुलिखेल अस्पतालको क्वारेन्टाईनमा बसे स्वास्थ्यकर्मी र मृतकका आफन्त

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएसँगै अस्पतालका ३ जना चिकित्सक तथा स्वास्थ्यकर्मी र एकजना सुरक्षा गार्ड क्वारेन्टाईनमा बसेर नियमको पालना शुरु गरिसकेका छन् ।

त्यसैगरि मृतकका श्रीमान्, आमा, भाई, बैनी र नवजात शिशु पनि अस्पतालकै क्वारेन्टाईनमा बसेको अस्पतालका सूचना अधिकारी डा.सुमन ताम्राकारले जानकारी गराउनुभयो ।

क्वारेन्टाईनमा बसेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु भने पहिला देखि नै कोरोना संक्रमिको सावधानी अपनाएर पिपिई सेट लगाएकै अवस्थामा बिरामीको परिक्षण गरेका र एकजना सुरक्षा गार्डले भने ड्रेस नलगाएकै अवस्थामा भएकाले क्वारेन्टाईनमा राखिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस