काभ्रेको चौरीदेउरालीमा १० जनामा आरडिटि पोजेटिभ

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ४१९ पटक पढिएको
काभ्रेको चौरीदेउरालीमा १० जनामा आरडिटि पोजेटिभ

जेठ ७, काभ्रे । जिल्लाको चौरीदेउराली गाउंपालिकामा आरडिटि परिक्षण गर्दा १० जनालाई पोजेटिभ देखिएको छ ।

पालिकामा अाज (बुधवार) २७ जनाको आरडिटि परिक्षण गर्दा ८ जना र मंगलबार ३२ जनाको परिक्षण गर्दा २ जना गरी १० जनालाई कोरोना भाईसरको पोजेटिभ देखिएको गाउंपालिका अध्यक्ष दिनानाथ गौतमले बताए । उनका अनुसार स्वास्थ्य शाखाका कर्मचारी ५ जना, पालिकामा रहेका कर्मचारी ४ जना र अन्य १ जना गरी १० जनालाई पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकाहरुलाई क्वरेन्टाइनमा राखेको र पिसिआरको लागि प्रकृया अगाडी बढाएको अध्यक्ष गौतमले बताए । पालिकामा रहेका कर्मचारीहरुमा पोजेटिभ देखिएपछि आईतबार सम्मको लागि कार्यालय बन्द गरेर सम्पुर्ण कर्मचारीहरुलाइ होमक्वारेन्टाईनमा बस्न अनुरोध गरीएको अध्यक्ष गौतमले जानकारी दिए ।

पालिकामा थोरै किट उपलब्ध भएकोले गर्दा जनप्रतीनिधि, साथै लक्षीत बर्गमा परिक्षण गर्न सकिएको छैन । थोरै संख्यामा परिक्षण गर्दा पनि यति धेरैको संख्यामा पोजेटिभ भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस