बोलेरो दुर्घटनामा वेपत्ता भएका दुईनामध्ये एकजनाको शव भेटियाे

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित २८५ पटक पढिएको
बोलेरो दुर्घटनामा वेपत्ता भएका दुईनामध्ये एकजनाको शव भेटियाे

जेठ ८, काभ्रे । बोलेरो दुर्घटनामा वेपत्ता भएका दुई जनामध्ये एकजनाको शव भेटिएको छ।

भुम्लु गाउँपालिका १ का भोला महतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । बुधबार भुम्लु गाउँपलिका ८ सिलामे भीरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भुम्लु गाउँपालिका १ का अशोक गिरी भने अझै वेपत्ता छन् ।

बिहीबार बिहानदेखि प्रहरी र एपीएफका टोलीले भोला महतको शव खोलामा भेटाएको डिएसपी थापले जानकारी दिए । उनका अनुसार अर्का वेपत्ताको खोजकार्य भइरहेको छ ।

बुधबार बा १६ च ८८३८ नम्बरको बोलेरो दोलालघाटबाट सापिङ जाँदै गर्दा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाइते सानुमाया गिरी बनेपा शिरमेमोरियल अस्पतालमा उपचाररत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस