विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ७६१ पटक पढिएको
विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

जेठ २५, काभ्रे । विदेशबाट उद्धार गरि ल्याइएका काभ्रेलीलाई धुलिखेल स्थित सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेको आइतबार बसेको बैठले यस्तो निर्णय गरेको हो ।

बैठकले कोभिड संकट ब्यवस्थापन केन्द्रको सम्पर्क ब्यक्तिको जिम्मा विष्णुदल गणका सेनानी प्रकाश कुमार उप्रेतीलाई तोकेको छ । काठमाण्डौको होल्डिङ क्षेत्रमा राखिएका काभ्रेलीहरुलाई धुखिलेख नगरपालिकाले सवारी साधनको ब्यवस्थापन गर्ने छ ।

काठमाण्डौबाट धुलिखेल ल्याउँदा लाग्ने गाडीभाडा धुलिखेल नगरपालिकाले ब्यहोर्नेछ । बैठकले सबै स्थानीय तहहरुले भिटिएम मेसिन खरिद गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेस्टिङ प्रोटोकल अनुसार मात्रै स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षणका लागि आग्रह गरेको छ ।

त्यस्तै बैठकले यसअघि भएको निर्णय बमोजिम १ सय बेडको क्वारेन्टाइन बनाउन जिल्लाका सबै स्थानीय तहरुलाई जतिसक्दो छिट्टो कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस