पाँचखालका संक्रमितका परिवारमा पनि कोरोना भाइरस नभएकाे पुष्टि

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४९८ पटक पढिएको

पाँचखालका संक्रमितका परिवारमा पनि कोरोना भाइरस नभएकाे पुष्टि

जेठ २८, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका ३९ बर्षीय कोरोना संक्रमित पुरुषका घरपरिवारका सदस्यहरुमा कोरोना भाइरस नभेटिएको पाइएको छ । धुलिखेल अस्तपताल स्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस नदेखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उज्जवल अधिकारीले जानकारी दिए ।

भारतबाट आएका ती कोरोना संक्रमित पुरुषलाई नगरपालिकाले नै रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको थियो । तर घर पुगेको १६ घण्टा बित्न नपाउँदै कोरोना संक्रमित रिपोर्ट आएको थियो । ११ दिनसम्म क्वारेन्टाइनमा बसेका उनलाई रिपोर्ट नेगेटिभ रहेको भन्दै घर पाइएपछि पाँचखालमा सर्वस्त्र विरोध भएको थियो ।

त्यसपछि ती संक्रमित पुरुषका परिवारका दुई छोरा र श्रीमतीलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनका परिवार सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परिवारका ३ सदस्य सहित क्वारेन्टाइनमा रहेका वडा नम्बर १२ का ३१ बर्षीय पुरुषको पनि रिपोर्ट नेगेटिभ स्वास्थ्य संयोजक अधिकारीले बताए ।

यश अघि पनौती नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमित महिलाका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पाइएको थियाे ।


प्रतिक्रिया दिनुहोस