काभ्रेमा एम्बुलेन्स चालकलाई पीपीई

नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित ३५४ पटक पढिएको

काभ्रेमा एम्बुलेन्स चालकलाई पीपीई

असार २, काभ्रे । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन तथा श्रम विभागका संयोजक शिवप्रसाद हुमागाईले जिल्लामा संचालन भएका एम्बुलेन्सका चालकहरुलाई सुरक्षाका लागि पिपिई उपलब्ध गराउनु भएको छ ।

कोरोना संक्रमतिको आशंका लागेका वा भएका विरामीहरुको उद्धारका लागि सँगै रहनु पर्ने एम्बुलेन्स चालकहरुलाई हौसला प्रदान गर्ने उदेश्यले पिपिई सेट उपलब्ध गराईएको हुमागाईले बताए  । यस अघि हुमागाईले गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य शाखाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए।

जिल्लामा ३५ वटा एम्बुलेन्स संचालनमा छन् । सबै एम्बुलेन्स चालकहरुलाई पिपिईको साथमा फेस सिल्ड, पन्जा लगायतका सामाग्री उपलब्ध गराईएको थियो ।


प्रतिक्रिया दिनुहोस