काभ्रेमा रेडियो टेलिभिजन प्रशारक मञ्च गठन

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ८२७ पटक पढिएको

काभ्रेमा रेडियो टेलिभिजन प्रशारक मञ्च गठन

असार ६, काभ्रे । काभ्रेमा रेडियो र टेलिभिजन संचालकहरुको संस्था काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्च गठन गरिएको छ । अाज बसेकाे भेलाले जिल्लामा संचालित १० वटा रेडियो र १ टेलिभिजनलाई समेटेर यस मञ्च निर्माण गरिएको हाे ।

मञ्चको अध्यक्षमा सचित खड्का, उपाध्यक्षमा रमेश न्यौपाने, महासचिवमा भुवन रायमाझी, सचिवमा राजन प्रसाद दाहाल र कोषाध्यक्षमा संझना हुमागाई रहेका छन् ।

यसैगरी सदस्यहरुमा शंकर अधिकारी, कृष्ण प्रसाद नेपाल, समिर भण्डारी, राम कृष्ण बन्जारा, कर्मा लामा, हिरामान लामा चयन भएका छन् ।

नव गठित मञ्चले स्थानिय, प्रदेश, केन्द्र सरकार, निजि कम्पनीहरुसँग समन्वय गरि बिज्ञापन, सुचना, कार्यक्रमहरु संकलन गरी प्रशारण गर्ने र त्यस बापतको रकम सबैलाई एकद्वार प्रणालीबाट वितरण गरिने मञ्चका अध्यक्ष सचित खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस