पाँचखालका आइसोलेशन र क्वारेन्टाइनमा बसेकासँग नगरका भण्डारीद्वारा अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ८७१ पटक पढिएको

पाँचखालका आइसोलेशन र क्वारेन्टाइनमा बसेकासँग नगरका भण्डारीद्वारा अन्तरक्रिया

असार २६, काभ्रे । पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेकाहरुसँग नगरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले अन्तरक्रिया गरेका छन् ।

भण्डारीले शुक्रबार आइसोलेशन र क्वारेन्टाइन पुगेर उनीहरुको बारेमा जानकारी लिएका हुन् । उनीहरुको समस्या, आइसोलेशन र क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

अनुगमनमा क्वारेन्टाइन व्यवस्थापन प्रमुख कल्याण सुबेदी, स्वास्थ्य शाखाका राजु अधिकारी लगायतका सहभागी भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पवन गौतमले जानकारी दिए ।

आइसोलेशन र क्वारेन्टाइनमा २४ जना ब्यक्तिहरु रहेका छन् । नगरले स्थापना गरेको आइसोलेशनमा २ जना संक्रमित उपचाररत छन् भने क्वारेन्टाइनमा २ जना महिला र २० जना पुरुष रहेका छन् ।


प्रतिक्रिया दिनुहोस