इन्द्रावती नदीले बगाउँदा ३ जना बेपत्ता

नौलो समाचार संवाददाता
२०७७ अषाढ २८, आईतबार मा प्रकाशित ४२० पटक पढिएको

इन्द्रावती नदीले बगाउँदा ३ जना बेपत्ता

असार २८, काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० का एक बालकसहित तीन जना इन्द्रवती नदीमा बेपत्ता भएका हुन् ।

असार २६ गते शुक्रबार दिउँसो पौडी खेल्न गएका मण्डनदेउपुर नगरपालिका वडा नं १० का १२ वर्षीय बालिक अभिषेक नेपालीलाई नदीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै, कार्यालयका अनुसार असार २७ गते शनिबार साँझ काभ्रे र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदी तर्ने क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं १० का ३७ वर्षीय चन्द्र लामा र ४५ वर्षीय शम्भु माझीलाई नदीले बगाएको हो ।

नदीले बगाएको तीनै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस