पाँचखाल र चौरीदेउरालीको बजेट पारित

नौलो समाचार संवाददाता
२०७७ श्रावण १, बिहिबार मा प्रकाशित ६७२ पटक पढिएको
पाँचखाल र चौरीदेउरालीको बजेट पारित

असार ३१, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेको छ । आज बसेको सातौं नगरसभाको बैठकले आगामी आर्थिक वर्षका लागि ९९ करोड ९४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिईन ।

कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । लक्षित वर्गको लागि नगरपालिकाले ८० लाख रुपैँया बजेट विनियोजन गरेको छ । आगामी वर्ष पनि नगरपालिकाले सबैभन्दा धेरै काम पुर्वाधारको क्षेत्रमा गर्ने उपप्रमुख दनुवारले बताईन् ।

यस्तै, चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५२ करोड ३५ लाख ३ हजारको बजेट पारित गरेको छ । आज बसेको पालिकाकाे सातौँ गाउँसभाको दोस्रो बैठकले बजेट सार्वजनीक गरेको हो । आर्थिक वर्ष २०७७/७८ का कार्यक्रम स्वरोजगार र कृषिमा केन्द्रित हुने प्रबक्ता विनोद घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस