काभ्रेमा युवतीद्वारा क्वारेन्टाइनमै आत्महत्या, तोडफोडमा उत्रे स्थानीय

नौलो समाचार संवाददाता
२०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ५५६ पटक पढिएको
काभ्रेमा युवतीद्वारा क्वारेन्टाइनमै आत्महत्या, तोडफोडमा उत्रे स्थानीय

साउन २३, काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टिनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्वास्थ्यचौकीमा युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।

soure : bethanchokkhabar.com

प्रतिक्रिया दिनुहोस