काभ्रे मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिमा काेेेराेना संंक्रमण

अाज थपिए १० जना संक्रमित
नौलो समाचार संवाददाता
२०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ४६० पटक पढिएको

काभ्रे मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिमा काेेेराेना संंक्रमण

साउन २९, काभ्रे। काभ्रेमा स्थानीय जनप्रतिनिधिमा काेेेराेना संंक्रमण पुष्टि भएकाेे छ।

मण्डन देउपुर नगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जनकारी दिएका छन् ।

डा. झाका अनुसार काभ्रेमा विहिवार मात्र १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्कर्मी, १ जना जन प्रतिनिधि, २२ जना वैदेशिक रोजगारबाट फर्केका, १८ जना कन्ट्याक्ट ट्रेसिङका कारणबाट संक्रमित भएको डा. झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस