स्यानिटाइजरमा विषाक्त रसायन, काभ्रेसहित थप ९ कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा रोक

नौलो समाचार संवाददाता
२०७७ आश्विन १२, सोमबार मा प्रकाशित ८०९ पटक पढिएको
स्यानिटाइजरमा विषाक्त रसायन, काभ्रेसहित थप ९ कम्पनीका स्यानिटाइजर  बिक्रीवितरणमा रोक

असाेज १२, काठमाडौँ। औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।

विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ । यस्तै यी स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण रोक्न पनि विभागले सूचना जारी गरेको छ ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा काभ्रे बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा(५०० मिली र ५ लिटर), पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर रहेका छन् ।

त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ( पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् ।

यसअघि विभागले ९ वटा ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन पाइएको भन्दै बिक्रीतिवरणमा रोग लगाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस