असोज १७, काभ्रे। काभ्रेको बनेपा हुँदै पनौती जोड्ने ६ किलोमिटर सडक खण्ड जीर्ण बन्दै गएको छ । दैनिक सयौं सवारी साधन गुड्ने बनेपा–पनौती सडक जीर्ण बन्दै गएका कारण स्थानीयबासिन्दा, यात्रु र सवारी चालकहरुले सास्ती भोग्दै आएका छन् ।
बर्षा याममा पानी पर्दा हिलो र हिउँद याममा धुलोका कारण आवत जावतमा समस्या भएको यात्रुहरुको गुनासो छ ।
बढी मात्रमा गह्रुँगो मालबाहक साधन(टिपर) गुड्ने गरेका कारण सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको र सडकमा ठूला ठूला खाल्डा भएका कारण सवारी साधन चलाउन कठिन भएको अनुभव सुनाउँछन – सवारी चालकहरु ।
अहिले सडकमा धुलो उड्ने गरेको कारण बाटो आसपास बस्नेहरूमा रुघाखोकी, ज्वरो र एलर्जीले सताउने गरेको छ स्थानीयको भनाइ छ ।
सडकमा खाल्डाखुल्डी बढ्दै गएका कारण विरामी बोक्ने एम्बुलेन्सलाई झन समस्या भएको छ ।
पनौती नगरपालिका लगायत डाँडापारीका महाभारत, खानीखोला र बेथानचोक लगायतका स्थानीयहरु यो सडकमा बढी ओहोरदोहोर गर्छन ।
यो सडकमा दैनिक हजार भन्दा बढी सवारी साधन आवतजावत गर्छन् । टिपर मात्रै ५ सय भन्दा धेरै सञ्चालन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस