काभ्रेमा सरकारी अत्यावश्यक बाहेकका सेवा बन्द, बजार र यातायात भने खुल्ने

नौलो समाचार संवाददाता
२०७७ कार्तिक २, आईतबार मा प्रकाशित ७२९ पटक पढिएको
काभ्रेमा सरकारी अत्यावश्यक बाहेकका सेवा बन्द, बजार र यातायात भने खुल्ने

कात्तिक २, काभ्रे। काभ्रेमा आजबाट सरकारी अत्यावश्यक बाहेक सबै सेवा अर्को व्यवस्था नभएसम्म बन्द हुने भएका छन् ।

सरकारी अत्यावश्यक सेवा बाहेक सबै बन्द हुने भएपनि जिल्लामा बजार, यातायात र बैंकहरु भने खुल्ला हुनेछन् । जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले आज कात्तिक २ गतेबाट आत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हाे ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको संयोजकत्वमा शनिबार बसेको बैठकले जिल्लामा ५ सय भन्दा बढि सक्रिय संक्रमित पुगेकोले गृह मन्त्रालयको पत्रअनुसार सरकारी अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

काभ्रेमा सक्रिय संक्रमितकाे संख्या ५ सय ४४ जना पुगेेसंंगै कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा रहेका सेवा प्रदायक तथा सरकारी कार्यालयहरुको अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ ।

बैठकले विभिन्न शक्तिपिठहरुमा मानिसहरुको भिडभाड हुने हुँदा नियमित पुजा बाहेक अन्यमा रोक लगाएको छ । त्यस्तै आसन्न चाडपर्वलाई ध्यानमा राखि स्थानीय पालिकाहरुको समन्वयमा सडक पेटी वा अव्यवस्थित तरिकाबाट सञ्चालन भएको पसल व्यापार व्यवसाय सञ्चालन गर्न नदिने, संक्रमण फैलिदै गएको हुनाले नागरिकहरु साथीभाइ ईस्टमित्रकाेमा नगई अाफु बसिरहेकाे ठाउँमा चाडपर्व मनाउन समेत निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस