काभ्रेकाे पाँचखालमा माेटरसाइकल दुर्घटनामा हुदा यूवकको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ३, सोमबार मा प्रकाशित १०२९ पटक पढिएको
काभ्रेकाे पाँचखालमा माेटरसाइकल दुर्घटनामा हुदा यूवकको मृत्यु

कात्तिक ३, काभ्रे। काभ्रेकाे पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मुत्यु भएको छ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइते भएका छन् । तामाङको धुलिखेल अस्सपतालमा उपचार भइरहेको प्रहरी कार्यालयल पाँचखालका इन्सिपेक्टर राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मोटरसाइकल तिब्र गति रहेकाले अनियन्त्रीत भएर दुर्घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस