पनौतीमा भैैैँसी संंरक्षण अभियान, किसानलाई पाडी उपहार

मकर मेलासम्ममा पनाैती-बनेपा सडक कालोपत्रे
नौलो समाचार संवाददाता
२०७७ पौष ४, शनिबार मा प्रकाशित ७९८ पटक पढिएको
पनौतीमा भैैैँसी संंरक्षण अभियान, किसानलाई पाडी उपहार

पुुष ४, काभ्रे। पनौती नगरपालिकाद्वारा वडा नम्बर–१२ भुमीडाँडाको रोशी बजारका २८ किसानलाई पाडा उपहार स्वरूप वितरण गरिएको छ। दुध उत्पादनमा काभ्रे जिल्लाकै उत्कृष्ट पालिकाका रूपमा रहेेेको पनाैती नगर क्षेत्रमा अझैै दुग्धजन्य उत्पादनमा वृद्धि गर्न भैैैँसी संंरक्षण तथा सम्बर्द्धन अभियान अन्तर्गत भैँसीको पाडा वितरण गरिएको हो।

पूर्वमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सभाका सांसदहरु चन्द्र लामा र बसुन्धरा हुँमागाई र मेयर भीम न्यौपानेले शनिबार रोशी बजारका २८ किसानलाई पाडा उपहार दिएका हुन् । ‘भैसी आर्थिक समृद्धि तथा किसानहरुको जीवनयापन सरल बनाउने ‘कालो सुन’ भएकाले यो बर्ष पाडा उपहार दिएका छौ’ मेयर भीम न्यौपानेले भने ।

पनौती नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ लाई भैंसी प्रवद्र्धन कार्यक्रमको आधार वर्ष मानेर अध्ययन गर्दा लैनो भैंसी खरीदका लागि पनौती नगरपालिकाभित्रका किसानले वर्षेनी ३ करोड रूपैंयाभन्दा बढी रकम बाहिर पठाउने गरेको पाइएपछि यो कार्यक्रम सुरुवात गरेको स्पष्ट पारे । पनौती नगरक्षेत्रमा रहेका भैंसीको गणना हुँदा ४ हजार ७ सय ४७ रहेको र सो संख्यामा वृद्धि नभएको अवस्था भएपछि पाडा वितरण कार्यक्रम सुरु गरेको उनले भने ।

पनौती नगरपालिकामा मुख्य रुपमा पशुपालन तथा कृषि उत्पादन भएकाले त्यसमा स्थानीय सरकारले लगानी गर्ने भएकाले आफूहरुले सुक्ष्म रुपमा यसमा काम गरेको उनले भने ।आधार वर्षमा नगरक्षेत्रमा उपभोग भइ बाँकी रहेको दुध दैनिक ३५ हजार लिटर बाहिर जाने गरेको अवस्थालाई बृद्धि गर्न पाडा वितरणलाई अघि बढाएको उनले भने ।

मकर मेलासम्ममा सडक कालोपत्रे हुने

पूर्व सूचना तथा संचार प्रविधी एंव भौतिक पूर्वाधार मन्त्री गोकुल बाँस्कोटाले काभ्रेको बनेपादेखि पनौतीसम्मको सडक मकरमेलाभन्दा अघि कालोपत्रे हुने बताउनुभएको छ ।

राष्ट्रिय तथा शाखा राजमार्गमा कतै बिबरण नदेखिएको सो सडकको राजमार्गमा समावेश भर्खरै हुने प्रकृयामा गएको र अर्काे बर्ष हुने मकर मेलासम्ममा सडक कालोपत्रे हुने उहाँले बताउनुभएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य द्धय बसुन्धरा हुमागाई, चन्द्र लामा, पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतिराम तिमल्सिना, बागमती प्रदेश पशुसंक्षी ताथा मत्स्य बिकास निर्देशक डा. रामप्रकास प्रधान, पशुपंक्षी प्रर्वृद्धन तथा आनुवासिक स्रोत केन्द्र संरक्षक निर्देशक डा. लोकनाथ पौडेल, उप प्रमुख गिता बन्जरा लगायतले मन्तब्य राख्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस