काभ्रेमा आज ११ संक्रमित थपिए, १२ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ पौष ७, मंगलबार मा प्रकाशित ८४५ पटक पढिएको
काभ्रेमा आज ११ संक्रमित थपिए, १२ जना डिस्चार्ज

पुष ७, काभ्रे। काभ्रे जिल्लामा आज ११ जना संक्रमित थपिएका छन् । यस्तै कोरोना संक्रमणमुक्त भएर १२ जना आजै डिस्चार्ज भएका छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ३ जना, मण्डनदेउपुर नगरपालिकाका ३ जना, पाँचखालका २ जना,  पनौती का १ जना र नमोबुद्ध नगरपालिकाका १ जना रहेकका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १९८ जना संक्रमित छन् ।

निको हुनेको संख्या ३ हजार ३९ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय १७ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १६ महिला गरी ५८ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस