पुष १९, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाले समयमै कर तिरेर छुट सुबिधा लिन नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाको नगरसभाबाट स्विकृत आर्थिक ऐन २०७७ तथा सम्पत्ति कर बयवस्थापन कार्यविधि २०७५ को अधिनमा रहि सम्पत्ति कर, ब्यबसाय कर नयाँ दर्ता तथा नविकरण दस्तुरमा छुट गर्न लागिएको हो ।
कानुन अनुसार तिर्नुपर्ने कर यहि पुष मसान्त सम्म चुक्ता गरेमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ ।
नगरका करदाता एवंम सेवा ग्राहीहरुलाई उल्लेखित समय भित्र करतिरेर छुट सम्बन्धी सुविधा लिन नगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस