मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय काभ्रेको अनुरोध

नौलो समाचार संवाददाता
२०७७ माघ १३, मंगलबार मा प्रकाशित ७७४ पटक पढिएको
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय काभ्रेको अनुरोध

माघ १३, काभ्रे। जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । निर्वाचन आयोगले माघ १५ गतेदेखी २१ गते सम्म देशैभर मतदाता नामावली अद्यावधिक अर्थात दाबी बिरोध गर्न लागेकाले निर्वाचन कार्यालय काभ्रेले पनि नामावली अद्यावधिक गर्न अनुरोध गरेको कार्यालयले जनाएको छ ।

तोकिएको मितिमा सम्बन्धित स्थानीयत तहको केन्द्रमा गई मतदाता नामावली रहेको आफ्नो नाम वा विवरण कुनैमा क्रटी भए सच्याउन अनुरोध गरेको हो ।

त्यसैगरी आफ्नो नाम दोहोरो परेको भए हटाउन र कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए बिरोधमा उजुरी दिन समेत अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस