काभ्रेमा भोलिबाट कोरोना विरुद्धको खोप दिइदै

नौलो समाचार संवाददाता
२०७७ माघ १३, मंगलबार मा प्रकाशित ६७६ पटक पढिएको
काभ्रेमा भोलिबाट कोरोना विरुद्धको खोप दिइदै

माघ १३, काभ्रे। काभ्रे जिल्लाका फ्रन्टलाइनमा काम गर्ने ३ हजार ५ सय ८१ जनालाई कोरोना भाइरस विरुद्धको खोप बुधबार (भोलि)बाट दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्र्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, जोखिममा रहेका सामाजिक अभियान्तालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेसँगै काभ्रेमा पनि भोलिबाट खोप दिने भएको हो ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाको अनुसार खोप दिनका लागि जिल्लाको २ अस्पताल तोकिएको छ । ‘धुलिखेल अस्पताल र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट कोरोनाको खोप दिनेछ ।’ स्वास्थ्य कार्यालयमा पत्रकारहरुसँग डा. झाले भने, ‘छनौट भएको अस्पताबाटै सबै स्थानीय तहका जनतालाई खोप दिनेछौं ।’ मेथिनकोट अस्पताल जिल्लाकै एक मात्र सरकारी अस्पताल हो भने धुलिखेल अस्पताल सामुदायिक अस्पताल हो ।

डा. झाका अनुसार ९ वटा पालिकाका फ्रन्टलाइनमा काम गर्नेहरुलाई धुलिखेल अस्पतालबाट खोप दिने र मेथिनकोट अस्पतालबाट ४ पालिकाका फ्रन्टलाईनमा काम गर्नेहरुलाई खोप दिने बताए ।

धुलिखेल अस्पतालबाट बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकामा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप खोप दिने उनले जानकारी दिए ।

त्यसैगरि त्यस्तै मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायतले खोप लगाउने छन ।

 


प्रतिक्रिया दिनुहोस