रोशी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ माघ १७, शनिबार मा प्रकाशित ५२५ पटक पढिएको
रोशी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

माघ १७,काभ्रेे। जिल्लाको रोशी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष डीबी लामाको अध्यक्षतामा शुक्रबार भएको गाउँसभामा उपाध्यक्ष लक्ष्मी बर्ताेलाले विनियोजन ऐन २०७७ मा समानिकरण, बिशेष, समपुरक, शसर्त, आन्तरिक स्रोत लगायतबाट विनियोजन चालु तथा पुँजिगततर्फको ५८ करोड ९९ लाख ५६ हजार अनुमानलाई संसोधन गरी कुल संसोधित अनुमान ६५ करोड ८८ लाख ४३ हजार कायम गर्न राखेको प्रस्ताव सर्वसम्वत पारित भएको थियो ।

त्यस्तै गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाबाट निर्णय भई कार्यान्वयन भएका योजनाहरु अनुमोदन, माघ ७ गतेको कार्यपालिकाबाट स्वीकृत भई गाउँसभामा पेश भएका योजना÷कार्यक्रम सर्वसम्वत स्वीकृत भएका थिए । सभामा रोशी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष एवम् प्रवक्ता पदमबहादुर लामाले पेश गर्नुभएको आर्थिक बर्ष २०७७/७८ को सातौं गाउँसभाबाट स्वीकृत भएका नीति, कार्यक्रम तथा बजेटमा हाल सम्म भएको प्रगति प्रतिवेदन स्वीकृत भएको थियो ।

सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ को उपदफा (२), (३), (५), (६) मा उल्लेख भएअनुरुपको भू–उपयोग नीति, नेपाल सरकारको भू–उपयोग ऐन, २०७६ ले व्यवस्था गरे अनुरुप रोशी गाउँपालिकाको भू–उपयोग कार्यविधि तुरुन्त तयार गरी कार्यान्वयन गर्न आवश्यक भएकोले सो कार्यविधि तयार गर्न गाउँ कार्यपालिकालाई निर्देशन गरेको थियो । घर जग्गा फिल्ड नाप जाँच र फिल्ड रेखाङकन दस्तुर, गाउँपालिकाको विभिन्न सडकहरुबाट निस्कने सवारी साधानको भार जोखनका लागि प्रति गाडी एक सय शुल्क लिने गाउँसभाले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस