काभ्रेमा आज ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाए

नौलो समाचार संवाददाता
२०७७ माघ १७, शनिबार मा प्रकाशित ४७३ पटक पढिएको
काभ्रेमा आज ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाए

माघ १७, काभ्रे। जिल्लामा आज ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार कोरोना खोपका लागि छनौट भएका जिल्लाका दुई अस्पतालमध्ये धुलिखेल अस्पतालमा ४ सय १९ जना र मेथिनकोट अस्पतालमा ५२ जना गरी आज ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

माघ १४ गतेदेखि जिल्लामा कोरोना विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । माघ १४ गतेदेखि आजको मितिसम्म जिल्लाका १९ सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

त्यस्तै जिल्लामा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र पाँचखाल नगरपालिकाबाट १ जना पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए । योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ३३ सय ३५ पुगेको छ ।

जिल्लामा आज ४ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार काभ्रेका कुल संक्रमित संख्यामध्ये ३२ सय ७१ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस