पनौतीमा रहेको पशुपतिनाथ मन्दिरमा तोडफोड

नौलो समाचार संवाददाता
२०७७ माघ १८, आईतबार मा प्रकाशित ११६९ पटक पढिएको
पनौतीमा रहेको पशुपतिनाथ मन्दिरमा तोडफोड

माघ १८, काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको पशुपतिनाथ मन्दिरमा अज्ञात समूहले तोडफोड गरेको छ । दुधमिलस्थित पशुपतिनाथ प्राङ्गणमा रहेको चौसठ्ठि शिवका लिङ्ग तोडफोड गरेको मन्दिर ब्यवस्थापन समितिका सचिव रामकुमार बस्नेतले जानकारी दिनुभयो ।

शनिवार विहान हुनेे समयमा उक्त घटना भएकाे बताइएको छ।मन्दिर संरक्षण समितिले तोडफोडमा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ । तोडफोड भएको मन्दिरमा पनौती प्रहरी चौकीका प्रमुख अशोक महतो, वडा नम्बर ४ का वडा सदस्य नक्कुल श्रेष्ठ सहितको टोलीले अनुगमन गरेको छ ।

मन्दिर संरक्षण समितिका सचिव बस्नेतले मन्दिर तोडफोडले हिन्दुधर्मावम्लीहरुकै अपमान भएको दाबी गर्नुभयो । मन्दिरको सुरक्षाका लागि आज सरोकारवाला पक्षबीच बृहत छलफल गरिने सचिव बस्नेतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस