काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नि:शुल्क आँखा परिक्षण शिबिर

नौलो समाचार संवाददाता
२०७७ माघ २०, मंगलबार मा प्रकाशित ९७६ पटक पढिएको
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नि:शुल्क आँखा परिक्षण शिबिर

माघ २०, काभ्रे। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले पालिकाको वडा नं. ६ मा सोमबार नि:शुल्क आँखा परिक्षण शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको वडा नं.६ मा आयोजित आँखा शिबिर कार्यक्रम बनेपाको बिन्धवासिनी बचत तथा ऋण सहकारी सस्था र बेथानचोक गाउँपालिकाको सहकार्यमा भएको वडा अध्यक्ष विष्णु मोक्तानले जानकारी दिए ।

आँखा शिबिरमा  ३ सय १ जना वडा बासीहरुले आँखा जाँच गराएका थिए ।

ती मध्येबाट ४० जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएकाले शल्यक्रिया गर्नु पर्ने भएको शिबिरमा उपस्थित रेयुकाइ इको मासुनागा अस्पतालका डाक्टरहरुले बताएका छन् ।

मोतीबिन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीलाई मासुनागा आखाँ अस्पताल बनेपामा शल्यक्रिया गरिने वडा अध्यक्ष विष्णु मोक्तानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस