काभ्रेमा ६ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा, प्रहरीले खुलायो राजमार्ग

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ३६४ पटक पढिएको
काभ्रेमा ६ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा, प्रहरीले खुलायो राजमार्ग

माघ २२, काभ्रे। प्रचण्ड-नेपाल समूहले आज (बिहिबार) असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपाका नेताहरु आम हड्तालमा सडकमा निस्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै प्रचण्ड-नेपाल समूहले बुधबार आम हड्तालको आब्हान गर्दै बेलुका देशका मुख्य सहरहरुमा मशाल जुलुस निकालेको थियो । आज अबिहनै देखि हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेमा ६ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा, प्रहरीले खुलायो राजमार्ग

यता काभ्रेमा भने प्रहरीले हड्ताल गरिरहेका नेकपाका नेताहरुलाई सडक बाट हटाएको छ । विहानैदेखि अरनिको राजमार्गको बनेपा चारदोवाटोमा जम्मा भएका नेकपा काभ्रेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले राजमार्गबाट हटाएको छ । प्रहरीको हस्तक्षेप पछि सवारीसाधनहरु आँशिक रुपमा चलेका छन् ।

बनेपाको चाँदनीचोकमा सवारीसाधनमा ढुंगा प्रहर गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले ६ जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणले चलाएका प्राइभेट सवारीसाधनमा ढुंगा प्रहार गरेको भन्दै नेकपा प्रचण्ड-नेपाल समूहका ६ जना बन्दकर्तालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाईएको इलाका प्रहरी प्रमुख योगेन्दै तिमल्सिनाले जानकारी दिए ।

बनेपा चारदोवाटोमा पूर्व राज्यमन्त्री सुर्यमान दोङ, नेकपा काभ्रेको अध्यक्ष रुकु चौलागाई, सचिव टोकबहादुर वाईवा लगायत नेता तथा कार्यकर्ता जम्मा भएर आन्दोलन गरेका थिए ।

अन्य सवारी आवतजावतमा रोक लगाए पनि आवश्यकसाधानहरु एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् ।


प्रतिक्रिया दिनुहोस