काभ्रेमा आज थपिए ३ नयाँ संक्रमित, खोप अभियान थप १ दिन सञ्चालन गरिने

नौलो समाचार संवाददाता
२०७७ माघ २२, बिहिबार मा प्रकाशित ३२८ पटक पढिएको
काभ्रेमा आज थपिए ३ नयाँ संक्रमित, खोप अभियान थप १ दिन सञ्चालन गरिने

माघ २२, काभ्रे। जिल्लामा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बनेपामा १ जना, पनौतीमा १ र मण्डनदेउपुरमा १ गरी जामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आजै कोरोना संक्रमण  मुक्त भइ ३ जना उपचार पश्चात् घर फर्किएका छन् । जिल्लामा आजसम्म सक्रिय संक्रमितको संख्या २० रहेको छ । कोरोनाका कारण हालसम्म काभ्रेका ४५ जनाको मृत्यु भैसकेको छ ।

काभ्रेमा हालसम्म ३ हजार ३ सय ४१ जनामा कोरोना पुष्टि भैसकेको छ भने ३ हजार २ सय ७९ जना उपचार पश्चात् निको भैसकेका छन् ।

खोप अभियान थप १ दिन सञ्चालन गरिने

काभ्रे जिल्लामा कोभिड-१९ बिरुद्धको पहिलो चरणको खोप कार्यक्रम अन्तिम चरणमा पुगेको छ । यहि माघ १४ गते देखि सुरु भएको कोरोना भ्याक्सिनको खोप कार्यक्रममा बुधबारसम्म ३ हजार ३ सय ७ जनाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

खोप लिन बाँकि रहेका लक्षित समुह९स्वास्थ्यकर्मीहरु, फोहर ब्यवस्थापनमा संलग्न संकलक तथा चालकहरु, सरसफाइकर्मीहरु, एम्बुलेन्स चालकहरु तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुका लागि माघ २३ गते शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा कोभिड-१९ विरुद्धको खोप अभियान थप १ दिन सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्रकुमार झाले जानकारी दिनुभयो।

डा। झाले खोप लिन बाँकि रहेका लक्षित समुहका ब्यक्तिहरुले स्थानिय तहका स्वास्थ्य संयोजकसँगको समन्वयमा खोप सेवाको लागि परिचय पत्र सहित प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा १०:०० वजे देखि ४:०० वजे भित्र उपस्थित भइदिनुहुन तथा सवै स्वास्थ्य संयोजकहरुलाई यस कार्यमा सहजिकरण तथा सूचना सम्प्रेषण गरिदिन पनि अनुरोध गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस