पनौती नगरपालिकाले एक सय भन्दा धेरै योजनाको अनुगमन गर्ने

नौलो समाचार संवाददाता
२०७७ माघ २४, शनिबार मा प्रकाशित ३४४ पटक पढिएको
पनौती नगरपालिकाले एक सय भन्दा धेरै योजनाको अनुगमन गर्ने

माघ, २४, काभ्रे। पनौती नगरपालिकाको अनुगमन समितिले चालु आर्थिक बर्षमा एक सय वटा भन्दा धेरै योजनाको अनुगमन गर्ने भएको छ । उपप्रमुख गिता बञ्जाराको संयोजकत्वमा रहेको अनुगमन समितिले चालु आर्थिक बर्ष २०७७/७८ मा एक सय वटा भन्दा धेरै योजनाको अनुगमन गर्न लागेको हो ।

अनुगमन गरिने योजनामा सबैभन्दा धेरै सडक स्तरउन्नती, खानेपानी र सिँचाई लगायतका कार्यक्रम रहेका छन् । नागरिकहरुको आवश्यकताको आधारमा योजना छनौंट गरी कार्यक्रम अघि बढाइएको कारण हाल सम्म गरिएको अनुगमनमा काम निकै राम्रो भएको पाइएको छ ।

दोहोरो अनुगमन नहुदाँ काम पनि दोहोरो हुने समस्यालाई कम गराउन नगरपालिका लागि परेको नगरपालिकाका उपप्रमुख एवमं अनुगमन समितिका संयोजक बञ्जाराको भनाई छ । हाल सम्म भने नगरपालिकाको अनुगमन समितिले २० वटा भन्दा धेरै योजनाको अनुगमन गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस