खोपका लागी बनेपा नगरपालिकाद्धारा बैंकका कर्मचारीहरुको बिवरण माग

नौलो समाचार संवाददाता
२०७७ माघ २६, सोमबार मा प्रकाशित ८६८ पटक पढिएको

खोपका लागी बनेपा नगरपालिकाद्धारा बैंकका कर्मचारीहरुको बिवरण माग

माघ २६, काभ्रे। काभ्रेको बनेपा नगरपालिकाले नगरक्षेत्रका बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको बिवरण माग गरेको छ । कोरोना भाईरस बिरुद्धको खोप कार्यक्रम संञ्चालनका लागी कर्मचारीहरुको बिवरण माग गरिएको नरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रतीले जानकारी दिनुभयो ।

नगरक्षेत्रका बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले नामथर,पद,ठेगाना,उमेर सम्पर्क नम्बर लगायतका बिवरण उपलब्ध गराउनु पर्ने उहाँले बताउनुभयो ।

काभ्रेमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप ३ हजार ४ सय भन्दा धेरैलाई लागईएको छ । जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा तोकिएको दुई ओटा खोप केन्द्र मार्फत पहिलो चरणको खोप ३ हजार ४ सय ९४ जनालाई लगाईएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्यकर्मी, फोहोर ब्यवस्थापनमा संलग्न संकलक तथा चालकहरु, सरसफाइकर्मी, एम्बुलेन्स चालकहरु तथा महिला स्वास्थ्य स्वंयसेविकाहरु लगायतका लक्षित समुहका ब्यक्तीलाई खोप लगाईएको कार्यलयका प्रमुख डा। नरेन्द्र कुमार झाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस