काभ्रेमा ३ हजार ४ सय ९४ जनाले लगाए कोरोना विरुद्धको पहिलो चरणको खोप

नौलो समाचार संवाददाता
२०७७ माघ २६, सोमबार मा प्रकाशित ३४७ पटक पढिएको
काभ्रेमा ३ हजार ४ सय ९४ जनाले लगाए कोरोना विरुद्धको पहिलो चरणको खोप

माघ, २६, काभ्रे । काभ्रेमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अन्तर्गत  लक्षित समुहका ३ हजार ४ सय भन्दा धेरैलाई लगाइएको छ ।

जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा तोकिएको दुई ओटा खोप केन्द्र मार्फत पहिलो चरणको खोप ३ हजार ४ सय ९४ जनालाई लगाईएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्यकर्मी, फोहोर ब्यवस्थापनमा संलग्न संकलक तथा चालकहरु, सरसफाइकर्मी, एम्बुलेन्स चालकहरु तथा महिला स्वास्थ्य स्वंयसेविकाहरु लगायतका लक्षित समुहका ब्यक्तीलाई खोप लगाईएको कार्यलयका प्रमुख डा। नरेन्द्र कुमार झाले बताउनुभयो । उहाँका अनुासर हाल पहिलो डोज लगाएका ब्यक्तीहरुलाई चार हप्ता पछि दोस्रो डोज दिईने छ भने दोस्रो चरणमा ४० वर्ष भन्दा माथीमा दिर्घरोगीहरुलाई खोप लगाउने योजना रहेको छ ।

यसैबिच आज जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित पनौतीका पुरुष हुन् । अब जिल्लामा सक्रिय संक्रमित १७ जना रहेका छन् ।

थप विवरण :-

 


प्रतिक्रिया दिनुहोस