काभ्रेमा थप एक पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ माघ २७, मंगलबार मा प्रकाशित ६०६ पटक पढिएको
काभ्रेमा थप एक पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि

माघ २७, काभ्रे। काभ्रेमा थप एक पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बेथानचोकका एक पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । यो संगै जिल्लाका ३ हजार ३ सय ४४ जनामा संक्रमण भईसकेको छ ।

ति संक्रमित मध्ये उपचार पछि भाईरस मुक्त हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ । अब जिल्लामा १८ जना सकृय संक्रमित छन् । ति मध्ये अस्पताल आईसुलेसनमा २ जना र १६ जनो होम आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनुभयो ।

थप विवरण :-


प्रतिक्रिया दिनुहोस