भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई व्याग र स्टेशनरी सहयोग

नौलो समाचार संवाददाता
२०७७ माघ २८, बुधबार मा प्रकाशित ८८० पटक पढिएको
भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई व्याग र स्टेशनरी सहयोग

माघ २८, काभ्रे । काभ्रेका दुई लायन्स संस्थाले नमोबुद्ध-६ स्थित भगवती आधारभूत विद्यालयका बालबालिकालाई व्याग र स्टेशनरी सामाग्री सहयोग गरेका छन् । लायन्स क्लव अफ भक्तपुर, बास्डोल भिलेज र लायन्स क्लव आफ काभ्रे शंखुले विद्यालयका ४० बालबालिकालाई विद्यालय झोला, कापी, सिसाकमल लगायतका स्टेशनरी सामान सहयोग गरेका हुन् ।

साविक खनालथोक गाविसको बेलबोटटारस्थित उक्त विद्यालयमा निम्न आयस्तर भएका अभिभावकका बालबालिका अध्ययन गर्ने गर्छन् ।विद्यालयको अनुरोध, विद्यार्थीको आवस्यकता अनुसार सहयोग गरेको लायन्स क्लवको डिस्ट्रिक ३२५ ए२ का एरिया कोअर्डिनेटर माधव थापाले बताए । दुवै लायन्स संस्था, दाताहरुको संयोजन थापाले गरेका थिए ।

लायन्स क्लव अफ बल्थलीका सदस्य समेत रहेका कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, नमोबुद्ध नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, लायन्स क्लवको डिस्ट्रिक ३२५ ए२ का एरिया कोअर्डिनेटर माधव थापा, जोन चेयरपर्सन माधव श्रेष्ठ, लायन्स क्लव अफ भक्तपुर बास्डोल भिलेजका अध्यक्ष रामकुमार खत्री, लायन्स क्लव अफ बल्थलीका उपाध्यक्ष महेश पौडेल, लायन्स क्लव अफ काभ्रे शंखुका कोषाध्यक्ष दिपेन्द्र प्याकुरेल, सदस्य बलराम थापा, विद्यालय व्यस्थापन समितिका अध्यक्ष कुन्साङ लामाले विधार्थीहरुलाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले समाजसेवाबाट जति प्रसन्नता र आनन्द अन्यत्रबाट नमिल्ने तर्क गरे । नमोबुद्ध नगरपालिकाको शिक्षा शाखा प्रमुख जनार्दन रिजालले सबै पक्षको एकिकृत प्रयासले शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताए । लायन्स क्लव अफ बल्थलीका उपाध्यक्ष महेश पौडेलले भगवती आधारभूत विद्यालयलाई नीजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने नमुना विद्यालय बनाउन सकिने तर्क गरे । लायन्स क्लवको डिस्ट्रिक ३२५ ए२ का जोन चेयरपर्सन माधव श्रेष्ठले क्लवका सदस्यहरुबाट पैसा उठाएर सहयोग गर्ने गरिएको बताए ।

लायन्स क्लव अफ भक्तपुर बास्डोल भिलेजका अध्यक्ष रामकुमार खत्रीले लायन्स क्लव सधै मानवीय सेवामा सकृय रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्साङ लामाले सहयोगप्रति आभार प्रकट गरे । विद्यालयका प्रधानाध्यापक नविन अधिकारीले शिक्षक दरबन्दी थप गरिदिन नगरपालिकासमक्ष अनुरोध गरे । उनले सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगका अपेक्षा गरे ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा न ६ का वडा सदस्य गुणमाया लामा, सचिव रमा विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृृष्णप्रसाद न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद न्यौपाने, शिक्षक सपनाकुमारी श्रेष्ठ, लमिन लाम लगायत शिक्षक, अभिभावकको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस